आज अधिकतम तापक्रम २८ डिग्रीसम्म पुग्ने - Chaitanya News
  • 2026-05-03
  • 21:27:16
  • आइतबार,बैशाख २०, २०८३
  • आज अधिकतम तापक्रम २८ डिग्रीसम्म पुग्ने

    आज अधिकतम तापक्रम २८ डिग्रीसम्म पुग्ने

    काठमाडौँ– आज जनकपुर, सिमरा, धनगढी र वीरेन्द्रनगरमा सबै भन्दा बढी तापक्रम हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी क्षेत्रमा अधिकतम २८ डिग्रीसम्म पुग्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार ती चार क्षेत्रको अधिकतम तापक्रम २५–२८ डिग्री सेल्सियस छ भने न्यूनतम तापक्रम ६–१५ डिग्री सेल्सियस छ।

    महाशाखाका अनुसार सबैभन्दा कम ताप्क्रम जोमसोम र ताप्लेजुङमा हुने देखिन्छ। यहाँको तापक्रम अधिकतम ८ देखि १० डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम माइनस २ देखि ४ डिग्री सेल्सियस रहेको छ। यहाँ अहिले हिउँ परिरहेको महाशाखाले जनाएको छ।