कस्तो रहला आजको मौसम ? - Chaitanya News
  • 2026-07-17
  • 03:59:17
  • बिहिबार,आषाढ ३२, २०८३
  • काठमाडौँ–  मौसम पूर्वानुमान महाशाखाले आज देशभरमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ। यस्तै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ भने, बाँकी भागमा मौसम सफा रहेको छ।

    आज दिउँसो भने कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

    भोली (शनिबार) बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको छ। त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउनमहाशाखाले आग्रह गरेको छ ।