स्वास्थ्य मन्त्रालयले आजदेखि ३० वर्ष माथिकालाई नि:शुल्क स्वास्थ्य परीक्षण गर्दै - Chaitanya News
  • 2026-07-17
  • 04:00:31
  • बिहिबार,आषाढ ३२, २०८३
  • स्वास्थ्य मन्त्रालयले आजदेखि ३० वर्ष माथिकालाई नि:शुल्क स्वास्थ्य परीक्षण गर्दै

    स्वास्थ्य मन्त्रालयले आजदेखि ३० वर्ष माथिकालाई नि:शुल्क स्वास्थ्य परीक्षण गर्दै

    काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि ३० वर्षमाथिका नागरिकको एक महिने स्वास्थ्य परीक्षण अभियान चलाउने भएको छ। नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै मन्त्रालयले आजदेखि ३० वर्षमाथि उमेर समूहका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागेको हो।

    मन्त्री प्रदीप पौडेलले गत मंसिर १६ गते यसबारे निर्देशिका स्वीकृत गरेका थिए। यस लगत्तै मन्त्रालयले स्वास्थ्य परीक्षण कार्यक्रम अघि बढाएको हो। देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन्। यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य राखिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए।

    अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिनेछ।