लोकसेवा परिक्षामार्फत सरकारी सेवामा प्रवेश गर्ने चाहाना सबैमा हुन्छ । यही चाहानालाई साकार पार्न हजारौं परिक्षार्थीहरु परिक्षामा सामेल हुन्छन् । तर, केही मात्रै सफल हुन्छन् । असफल हुने केही परिक्षार्थीहरु यो कठिन झमेलामा फस्न चाहदैनन् र लोकसेवा तयारी गर्न बाट र फर्म भर्ने झन्झटबाट मुक्ट हुन्छन् । तर, कुनै असफल परिक्षार्थीहरु एक र अनेकौं पटकको असफलताबाट आत्तिँदैन् र परिक्षामा सामेल भइरहन्छन् । अन्ततः सफलता हासिल गरिछाड्छन् । त्यसो भए लोकसेवा परिक्षामा सफल हुनुको रहस्य के छ त ? यिनै विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले भरखरै शाखा अधिकृतमा सिफारीस भएका शाखा अधिकृत जीवन नेपाल आचार्यसँग गरेको संवादको सम्पादित अंश:
1. तपाईं शाखा अधिकृतको रुपमा नेपाल सरकारको निजामति सेवामा नाम निकाल्न सफल हुनु भएको छ, कस्तो महसुस भइरहेको छ ?
पक्कै पनि खुशीको अनुभुति हुनु स्वभाविक हो । मेरो सपना र परिवारको सदिच्छा नेपाल सरकारको शाखा अधिकृत बन्नु थियो । त्यो सपना आज पुरा हुदा धेरै खुशी लागेको छ । तथापी, चुनौति र अवरसरका बिच अझै धेरै खुटकिला पार गर्न बाकी छ भन्ने लाग्दछ ।
2. यो सफलताका लागि यहाँले कसरी तयरी गर्नुहुन्थ्यो ?
लोकसेवा तायारीका लागि आयोगले निधाएरण गरेको सम्वन्धित पाठ्यक्रमसमेटीयको कुनै १ आधिकारिक पुस्तक छनोट गरी तयारी गरेको हो । लोकसेवा तयारीका लागि लोकसेवा आयोगले निर्धारण गरेको सम्वन्धित पाठ्यक्रम समेटीयको कुनै १ आधिकारिक पुस्तक छनोट गरी तयारीमा लागेको हो। पाठ्यक्रम सङ सम्वधित ऐन, कानुन, कार्यविधि, आवधिक योजना लगायतका पुस्तकहरुमा के लेखेको छ सो सम्बन्धमा आवश्यक विषय वस्तुको टिपोट गर्ने गर्दथे । विभिन्न मन्त्रालयहरु र सो आधिकारिक विभसाईट्मा प्रकाशित प्रतिवेदनहरु, पत्रपत्रिकामा प्रकाशित लेख, रचनाको अध्ययन बाट अरुभन्दा फरक शैलीवाट उत्तर दिन महत्त्वपूर्ण रहन्छ।
अर्कोतर्फ अफिसको समयमा अलिकति पनि समय हुँदा मैले घरमा पढेको कुरालाई स्मरण गर्ने तथा त्यससँगै सम्वन्धित ऐन, कानुन लगायतका विषयहरु र पत्रपत्रिकामा आएका सम्बन्धित विषयहरु टिपोट गर्ने गर्दथे। रातीको समय आफुले पढेको विषय स्मरण गर्दा अझै पढाई प्रती लगाव बढेको महशुस गर्दथे।यसले गहन अध्ययनमा थप उर्जा थपेको महशुस हुने गर्दथ्यो।
अर्कोतर्फ चैतन्य ऐकडेमीले लिने नमुना परिक्षाहरुमा अधिकाशलाई मैले छुटाईन। यसले मलाई प्रश्नहरूलाई निर्धारित समय भित्र सम्पन्न गर्न र प्रश्नले खोजेको विषय वस्तुलाई कसरी व्यबस्थित रुपमा हल गर्ने भन्ने विषयमा थप मार्गदर्शन प्राप्त गर्न निकै महत्वपूर्ण रह्यो ।
3. अध्ययनका लागि कति र कुन समय छुट्याउनु हुन्थ्यो ?
समय हुँदा म अध्ययन गर्ने गर्दथे। म विवाहित महिला भएकोले घर परिवार, अफिस र अध्ययनलाई सङसङै लैजानुपर्ने हुँदा पारिवारिक सपोर्ट निकै महत्वपूर्ण रहन्छ। यसमा मेरो श्रीमानले मलाई सधै हौसला र प्रेरणा दिनुहुन्थ्यो। घर, अफिस र अध्ययनलाई सगसगै लैजानुपर्ने चुनौती त थियो नै तैपनी मनमा आट, धैर्यता र लगाव भएमा उचित समय व्यवस्थापन गर्दै सफलता हासिल गर्न सकिदो रहेछ भन्ने प्रेरणा सवैलाई मिलेको छ भन्ने लाग्दछ।
4. लोकसेवा तयारीका क्लास र पुस्तकले तयारीमा कस्तो टेवा पुग्छ ?
लोकसेवा अध्ययनका लागी तयारी क्लासको महत्त्व रहन्छ नै। आफुले पढेका कतिपय विषय वस्तु अझै स्पष्ट रूपमा बुझ्न, केलाउन तथा आफुसङ प्रतिस्पर्धा गर्नेहरु विच ष्लतभचबअतष्यल हुँदा आफनो पढाइको लेभल पनि थाहा हुने र आफुमा अझै सुधार गर्नुपर्ने कुरा के छ भन्ने कुरामा जानकारी हासिल हुन्छ। अर्कोतिर तयारीको लागि आधिकारिक पुस्तकहरु, सम्बन्धित ऐन, नियम, कानुन, कार्यविधी, आवधिक योजना, विविध समयमा प्रकाशित प्रतिवेदनहरु आदिले थप जानकारी दिन महत्व राख्छ ।
5. अध्ययन गर्दा कस्ता खाले सामाग्री छनोट गर्नु उपयुक्त हुन्छ र यहाँले कस्ता समाग्रीलाइृ बढी प्राथमिकता दिनुहुन्थ्यो ?
लोकसेवा तयारीका लागि लोकसेवा आयोगले निर्धारण गरेको सम्वन्धित पाठ्यक्रम समेटीयको कुनै १ आधिकारिक पुस्तक छनोट गर्नुपर्दछ। त्यही पाठ्यक्रम सङ सम्वधित ऐन, कानुन, कार्यविधि, आवधिक योजना लगायतका पुस्तकहरुमा के लेखेको छ सो सम्बन्धमा आवश्यक विषय वस्तुको ज्ञान हुनुपर्छ । विभिन्न आधिकारिक विभसाईट्मा प्रकाशित प्रतिवेदनहरुले पनि अरुभन्दा फरक शैलीवाट उत्तर दिन महत्त्वपूर्ण रहन्छ भन्ने लाग्दछ।अझै क्लास लिदा आफुले नबुझेको विषय वस्तुमा थप स्पष्ट जानकारी हुने, लेख्नेशैलीमा निकै सुधार आउने, आफनो प्रतिस्पर्धीहरु मार्फत आफनो मूल्याकंन हुने हुदा आफ्नो कमी कमजोरी सुधार्न निकै मद्धत मिल्दछ।
6. अहिले लोकसेवाप्रति युवाहरुको आकर्षण कस्तो देख्नु हुन्छ ?
नेपाल मै वसेर केही गर्नुपर्छ भन्ने धारणा भएका युवाहरुमा लोकसेवा प्रतिको आकषर्ण छ । पेशा प्रतिको स्थायित्व, प्रतिष्ठा, वृतिविकासको फराकिलो आधार, सुरक्षित सेवा लगायतका विशेषताले लोकसेवा प्रती युवाको आकर्षक बढदो छ।अर्कोतिर लोकसेवा प्रतिको निष्पक्षताले अधिकाश युवाहरूको रोजाई निजामती सेवा रहेको छ। तथापि बजारको माग अनुरुपको अपेक्षित तलब स्केल नहुदा अझैपनी अपेक्षित रुपमा युवाहरूलाई आकर्षक गर्न नसकीयको होकि भन्ने गुनासो सुन्नमा आउँछ।
7. अहिले लाखौं युवाहरु विदेशीएका छन्, यहाँको मनमा विदेश जाने सोच कहिले आयो कि आएन ?
देशमै बसेर केही गर्नुपर्छ भन्ने मनशायले निजामती सेवामा प्रवेश गरे। जीवनमा खासै ठूलो महत्वाकांक्षा नभएकोले होला विदेश प्रतिको मोह कहिल्यै आएन। तथापि थप अध्ययन गर्न र केही सिक्न global competency मा विदेश जाने कुरालाई नराम्रो भन्न मिल्दैन। उता सिकेको कुरालाई यहाँ आएर प्रयोग गर्ने वातावरण प्रभावकारि बनाउन सकेमा अझै राम्रो हुन्छ भन्न सकिन्छ।
8. अन्त्यमा लोकसेवा तयारी गरिरहनु भएका परिक्षार्थिलाई के भन्न चाहानु हुन्छ ?
लोकसेवा तयारीमा लागी रहनुभयका परिक्षार्थीहरुलाई समयको उचित व्यवस्थापन गर्दै अधिकाश समय लेखाईमा दिनुहोस् । अध्ययनमा लगाव, प्रतिबद्ध भएर लाग्नुहोस। निरन्तरता दिनुस् , हरेश नखानुहोस, सकारात्मक धारणा विकास गर्नुहोस, 1–2 जनाको समूह बनाई छलफल गर्नुहोस। आफसी छलफलवाट पनि पढाईमा निखार ल्याउन थप मद्दत मिल्दछ।पढाई र लेखाईलाई पहिलो प्राथमिकतामा राख्नुहोस, पढेलेखेका कुरालाई स्मरण गर्नुहोस् । परिक्षामा लेख्दा आफुले जानेको भन्दा पनि प्रश्नले मागेको कुरालाई ठिक्क मात्रामा लेख्नुहोस। आफ्नो मनलाई सुन्नुहोस भन्न चाहान्छु।