काठमाडौं– नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलाको आफ्नो चौथो खेलमा नेपालले मंगलबार थाइल्याण्डसँग खेलिरहेको छ।
काठमाडौंको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा भइरहेको खेलमा थाइल्याण्डले नेपालसामू १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनायो।
थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ तथा थिपाथ्चा पूथावोङले अविजित २५ रन बनाए। नानपत कोन्चारोन्काइले १९ रन बनाइन्। ५६ मा ६ विकेट गएको अवस्थाबाट चनिदा र थिपाथ्चा मिलेर अविजित अर्धशतकीय पारी खेले।
नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् । पुजा महतो र रचना चौधरीले १–१ विकेट लिए। रचनाले नेपालका लागि टी–२०आईमा डेब्यू विकेट लिएकी हुन्।
नेपाल पछिल्ला तीनवटै खेलमा पराजित भएको थियो। शृंखलामा जित्ने सम्भावना कायमै राख्न नेपाललाई यस खेल जित्नैपर्ने दबाब छ।
शृंखलामा सबै टोलीले एकअर्कासँग ३(३ खेल खेल्ने छन्।