कस्तो रहला आज देशभरको मौसम ? - Chaitanya News
  • 2026-07-17
  • 05:03:13
  • बिहिबार,आषाढ ३२, २०८३
  • कस्तो रहला आज देशभरको मौसम ?

    कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ– आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। वर्षा तथा हिमपातका कारण दैनिक जीवनमा असर पर्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

    महाशाखाका अनुसार हाल तीन प्रदेशको मौसम आंशिक बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको हो।

    अन्य स्थान भूभागको मौसम भने मुख्यतया सफा रहेको महाशाखाको भनाइ छ। त्यस्तै तराई क्षेत्रमा भने हुस्सु लागेको अवस्था रहेको छ।