सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थानमा पानी र हिउँ पर्ने - Chaitanya News
  • 2026-05-03
  • 22:34:29
  • आइतबार,बैशाख २०, २०८३
  • सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थानमा पानी र हिउँ पर्ने

    सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थानमा पानी र हिउँ पर्ने

    काठमाडौँ– आज (सोमबार) सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँहरूमा हल्का पानी र हिउँ पर्ने जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।

    महाशाखाका अनुसार यी तीनै प्रदेश र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एक–दुई ठाउँहरूमा हल्का पानी पर्ने सम्भावना रहेको छ।

    बाँकी प्रदेशहरूमा कतैकतै बादल लागे पनि मौसम मुख्यतया सफा हुने सम्भावना रहेको छ।

    महाशाखाले माघ २३ गते सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई ठाउँहरूमा हल्का हिउँ पर्ने सम्भावना रहेको पनि जनाएको छ। साथै पहाडी क्षेत्रहरूमा आंशिक बादल लाग्ने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा नै रहने सम्भावना रहेको विभागको भनाइ छ।