कस्तो रहला आजको मौसम ? - Chaitanya News
  • 2026-05-03
  • 22:35:19
  • आइतबार,बैशाख २०, २०८३
  • काठमाडौँ– आज (आइतबार) देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको छ।

    यस्तै तराईका धेरै स्थानमा कुहिरो लाग्ने छ भने कोशी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।

    आगामी २४ घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।