प्रहरीमा बढुवा समितिले दिने अंकभार फेरबदल गर्न प्रस्ताव - Chaitanya News
  • 2026-11-20
  • 00:02:28
  • बिहिबार,मंसिर ०४, २०८३
  • प्रहरीमा बढुवा समितिले दिने अंकभार फेरबदल गर्न प्रस्ताव

    प्रहरीमा बढुवा समितिले दिने अंकभार फेरबदल गर्न प्रस्ताव

    काठमाडौँ– नेपाल प्रहरीमा बढुवा समितिले दिने अंकभार फेरबदल गर्न प्रस्ताव गरिएको छ। संघीय संसद् सचिवालयमा दर्ता भएको विधेयकमा शैक्षिक योग्यताबापतको अंक घटाउन प्रस्ताव गरिएको हो। यसअघि इस्पेक्टरभन्दा माथिका अधिकृतहरूले बढुवा हुँदा शैक्षिक योग्यताबापत १० अंक पाउँथे।

    प्रस्तावित ऐनमा शैक्षिक योग्यताबापत ७ अंक दिन प्रस्ताव गरिएको छ। प्रहरी स्टाफ कलेज पुरा गर्ने अधिकृतहरूलाई बढुवामा प्राथमिकता दिइएको छ। स्टाफ कलेज बापत ४ अंक दिने व्यवस्था विधेयकमा छ।

    २०७० मा भर्ना भएका इन्स्पेक्टरको समूहबाट प्रहरीले स्टाफ कलेज लागु गरेको छ। स्टाफ कलेज नगर्नेहरू प्रहरी वरिष्ठ उपरीक्षक भन्दा माथि जान पाउँदैनन्।