कस्तो रहला आजको मौसम ? - Chaitanya News
  • 2026-05-03
  • 22:36:15
  • आइतबार,बैशाख २०, २०८३
  • काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाक ाअनुसार कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ। तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ।

    दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रहेको जनाएको छ। बाँकी प्रदेशका अन्य भूभागमा मौसम सफा रहनेछ।

    काठमाडौँमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६।६ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। हिजोको भन्दा आज तापक्रम केही बढेको हो।