स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्‍याइने - Chaitanya News
  • 2026-07-17
  • 03:58:57
  • बिहिबार,आषाढ ३२, २०८३
  • स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्‍याइने

    स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्‍याइने

    भक्तपुर– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा रकम पाँच लाख पुर्‍याइने बताएका छन्। आज (सोमबार) आयोजित कार्यक्रममा उनले एक लाखको स्वास्थ्य बीमा वृद्धि गरी पाँच लाख पुर्‍याइने बताएका हुन् ।

    पौडेलले भने, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ।”

    उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए। बीमा रकम रु। पाँच लाख पुर्‍याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको कथन थियो। रासस