लुम्बिनी प्रदेश सरकारद्धरा निजामती सेवा नियमावली संशोधनका लागि ६ सदस्यीय कार्यदल गठन - Chaitanya News
  • 2026-06-08
  • 14:43:11
  • सोमबार,जेठ २५, २०८३
  • लुम्बिनी प्रदेश सरकारद्धरा निजामती सेवा नियमावली संशोधनका लागि ६ सदस्यीय कार्यदल गठन

    लुम्बिनी प्रदेश सरकारद्धरा निजामती सेवा नियमावली संशोधनका लागि ६ सदस्यीय कार्यदल गठन

    काठमाडौँ– लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवा नियमावली संशोधनका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ।

    वरिष्ठ सहसचिव बाबुराम अधिकारीले लुम्बिनी प्रदेशका प्रमुख सचिवको जिम्मेवारी सम्हाल्दै नियमावली संशोधनका लागि आवश्यक कार्यदल गठन प्रक्रिया अगाडि बढाएका हुन।

    बुधबार जिम्मेवारी सम्हाल्दै प्रमुख सचिव अधिकारीले स्थानीय निजामती सेवा नियमावलीको मस्यौदा तर्जुमा र प्रदेश निजामती सेवा नियमावली, २०८० मा आवश्यक संशोधनका लागि कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

    प्रदेश सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ। जसका सदस्यहरूमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारी प्रशासन शाखाका उपसचिव, शासकीय सुधार तथा समन्वय शाखाका उपसचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव र मुख्यमन्त्री कार्यालयका कानुन उपसचिव सदस्य–सचिव रहेको अधिकारीले जानकारी दिए।

    उनका अनुसार स्थानीय निजामती सेवा ऐन २०८१ तर्जुमा र प्रदेश निजामती सेवा ऐनमा आवश्यक संशोधन भइसकेको छ। यी दुवै ऐन कार्यान्वयनका लागि नियमावली बनाउन थालिएको हो।