काठमाडौं– आइसीसी यू–१९ महिला टी–२० विश्वकपमा नेपालले अष्ट्रेलिया विरुद्ध पहिले बलिङ गर्दैछ।
बांगीस्थित युएसडी–युकेएम ओभलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि आफ्नो तेस्रो खेलमा नेपालले पहिले बलिङ गर्ने भएको हो।
यसअघिका दुवै खेलमा पराजित नेपालका लागि सुपर सिक्समा पुग्ने झिनो सम्भावना मात्र बाँकी छ। त्यसका लागि अष्ट्रेलियालाई पराजित गर्नुपर्नेछ।
नेपालले प्लेइङ ११ मा एक परिवर्तन गरेको छ। किरण कुँवरको स्थानमा तृष्णा विक खेल्दैछिन्।