काठमाडौँ– परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले टेलिफोन वार्ताको गरेर हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन आग्रह गरेकी छन् । । देउवाले इजिप्टका विदेश मन्त्री डा. बदर अब्देल–अतीसँग टेलिफोन वार्ता गरेर सो आग्रह गरेकी हुन् । ।
जवाफमा अब्देल(अतीले विपिन जोशीको रिहाइलाई प्राथमिकतामा राख्न गाजामा रहेका आफ्ना वार्ताकारलाई निर्देशन दिने बताएका छन्।
गाजामा युद्धविरामका लागि इजिप्टले खेलेको सफल भूमिकाबारे मन्त्री राणाले बधाई दिएकी थिइन्।
गाजामा आइतबारदेखि युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ। १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो।
सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाइसकेको छ। उक्त सूची इजरायलले आइतबार सार्वजनिक गरेको थियो।
तर, उक्त सूचीमा विपिनको नाम भने समावेश छैन।