काठमाडौँ– खो–खो विश्वकपको उपाधिका लागि आज नेपालका दुवै टोली भारतसँग भिड्दै छन्।
खेल नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा हुनेछ। पुरुषतर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका ८ बजे र महिलातर्फको बेलुका सवा ५ बजे सुरु हुनेछ।
हिजो भएको सेमिफाइनलमा पुरुषतर्फ नेपालले इरानलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो। यस्तै, भारत दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेको हो।
यसैगरी महिला टोलीले हिजो भएको सेमिफाइनलमा युगान्डालाई ८९–१८ ले पराजित गर्यो। त्यस्तै भारतले दक्षिण अफ्रिकालाई ६–६१६ ले हराउँदै नेपालसँग फाइनल खेल्न लागेको हो।