६ प्राविधिक प्रहरी अधिकृतहरूले लगाए बढुवाको फुली - Chaitanya News
  • 2026-11-20
  • 00:49:42
  • बिहिबार,मंसिर ०४, २०८३
  • ६ प्राविधिक प्रहरी अधिकृतहरूले लगाए बढुवाको फुली

    ६ प्राविधिक प्रहरी अधिकृतहरूले लगाए बढुवाको फुली

    काठमाडौं– ६ जना प्राविधिक प्रहरी अधिकृतहरूले बढुवाको फुली लगाएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति भएका ६ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच कुँवरले उनीहरूलाई बढुवाको फुली लगाइदिएका हुन्।

    गृह मन्त्रालय (सचिवस्तर) को माघ ३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना गरी जम्मा ६ जना प्राविधिक प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए।

    दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी उपरीक्षकहरू प्रभा पौडेल र भुलाराज खनाल तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू डा. सुष्मा केसी, डा. पुजा खड्का, डा. दिपक भिन्दवार र डा. अनुज श्रेष्ठ छन्।