कस्तमे रहला आज देशभरको मौसम ? - Chaitanya News
  • 2026-05-03
  • 23:35:11
  • आइतबार,बैशाख २०, २०८३
  • कस्तमे रहला आज देशभरको मौसम ?

    कस्तमे रहला आज देशभरको मौसम ?

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। जसअन्तगत कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। अहिले बिहान तराईका केही भू–भागहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ।

    यस्तै, कोशी प्रदेश– दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। राति हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना महाशाखाले जनाएको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ।

    आज दिउँसो मधेस प्रदेशको तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने राति आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, बागमती प्रदेशमा दिउँसो सबै क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ। राति हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ।

    यस्तै, गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने राति हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ।

    लुम्बिनी प्रदेशमा दिउँसो पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। राति पनि मौसम मुख्यतया सफा रहने पूर्वानुमान रहेको छ।