काठमाडौं– काठमाडौंको बानेश्वर स्थित शङ्खमुलमा रहेको चैतन्य एकेडेमी सफलता तपाईंको, सहकार्य चैतन्यको भन्ने मूल नाराका साथ दशक लामो समय देखि लोकसेवा तयारी कक्षाको संयोजनकारी भूमिका निर्वाहा गर्दै आइरहेको सस्थाले वुटवलमा पनि आफ्नो तेस्रो शाखा शुभारम्भ गरेको छ ।
![]()
वुटवल ११–देविनगरमा आज (मंगलबार) औपचारिक रुपमा उद्घाटन गरेका हुन्। उद्घाटन विहान १०ः५७ बजे स्वामी लोकान्द जी महारजले गरेका हुन् ।लोकसेवालगायतका तयारी कक्षा अध्यापन तथा सहजिकरणकालागि वुटवल देवीनगरमा चैतन्यले आफ्नो तेस्रो शाखा संचालनमा ल्याएको हो। चैतन्य एकेडेमी वुटवल शाखाको उद्घाटन गर्दै स्वामी लोकानन्तले चैतन्यले शैक्षिक जनशक्ति उत्पादनमा ठुलो भुमिका खेल्ने विश्वास ब्यक्त गरे । सबैसँगको सहकार्य र एकताले सकारात्मक उर्जा मिल्ने उल्लेख गर्दै उनले असल र सब्य युवाजनशक्ति उत्पादनमा महत्वपुर्ण भुमिका खेल्ने समेत बताए।
![]()
यस्तै चैतन्य एकेडेमीका अध्यक्ष गणेशप्रसाद जोशिले शैक्षिक युवा शक्तिलाई निजामति सेवा प्रवेशकालागि प्रोत्साहन गर्नुकासाथै प्रतिस्प्रधात्मक र दक्ष जनशक्ति उत्पादनको क्षेत्रमा सहजिकरण गर्दै आएको बताए । उनले थपे सबै क्षेत्रका विद्यार्थिले सेवा–सुबिधा र पढ्न पाउन भन्ने उदेश्यले वुटवलमा पनि नयाँ शाखा खोलेको जोशीले बताए।उनले युवाहरुको क्षमता विकास, समृद्धि तथा शैक्षिक बहस, सेमिनारलगायतका कार्यक्रम चैतन्यले गर्दै आएको स्मरण गर्दै चैतन्यमा निजामतिकालागि खरिदारदेखि सहसचिव सम्मका तयारी कक्षाहरु संचालन हुँदै आएको बताए।
![]()
कार्यक्रमका प्रा. डा. बावुराम ज्ञवालीले केही गर्न र सिक्न चाहने युवा शक्तिकालागि सरकारी क्षेत्रमा प्रवेशका लागि सहजिकरण गर्ने चैतन्यले समाजमा सकारात्मक प्रभाव छाड्नु पर्ने बताए ।
काठमाडौं केन्द्रिय कार्यालय र धन धनगढीमा शाखा कार्यालय संचालन गरि सकेको चैतन्यले बुटवलको देवीनगरमा तेस्रो शाखा विस्तार गरेको बुटवल शाखा प्रमुख दिपक ढकालले बताए । उनले बुटवलबाट लोकसेवाका तयारी कक्षा, शिक्षक सेवा आयोगका तयारी कक्षा, बैंकिङ्ग सेवाका तयारी कक्षा, सुरक्षा निकाय स्वास्थ्य सेवा एवं संस्थानहरुका तयारी कक्षाहरु संचालन गर्ने बताए । शैक्षिक युवाहरुको मागका आधारमा बुटवलमा शाखा संचालनमा ल्याइएको उनले बताए ।
![]()
चैतन्य एकेडेमीले लोकसेवा आयोग तयारी कक्षाका साथै विभिन्न पेसामा संलग्न व्यक्तिहरूको पेसागत क्षमता अभिवृद्धि नीति निर्माण संगठनात्मक विकासका क्षेत्रमा विगत दश वर्षदेखि काम गर्दै आइरहेको छ ।
हेर्नूहोस् तस्विरहरु:
![]()
![]()
![]()