सहसचिवमा बढुवाका लागि १२ जना उपसचिवको नाम सिफारिस - Chaitanya News
  • 2026-06-08
  • 18:15:40
  • सोमबार,जेठ २५, २०८३
  • सहसचिवमा बढुवाका लागि १२ जना उपसचिवको नाम सिफारिस

    सहसचिवमा बढुवाका लागि १२ जना उपसचिवको नाम सिफारिस

    काठमाडौँ– सरकारले सहसचिवमा बढुवाका लागि १२ जना उपसचिवको नाम योग्यताक्रम अनुसार सार्वजनिक गरेको छ। हिजो (आइतबार) बसेको बढुवा समितिको बैठकले ३ जनालाई सहसचिवमा बढुवा गर्न १२ उपसचिवहरूको नाम योग्यताक्रम अनुसार सिफारिस गरेको हो।

    सिफारिसमा १ जना कृषि सेवाको सहसचिवका लागि ७ जना उपसचिव परेका छन्। योग्यताक्रमको सूचीअनुसार कृषि सेवामा फणिन्द्रराज देवकोटा, तिर्थकुमार श्रेष्ठ, विनोद हमाल र यामकुमार श्रेष्ठको प्रतिस्पर्धा छ।

    त्यस्तै वन सेवातर्फ राजेश मल्ल र शिव खनाल सिफारिसमा परेका छन्। त्यस्तै विविध सेवातर्फ श्रीचन्द्र साह, मनिष भट्टराई र इन्जिनियर मुकेश रेग्मी सिफारिसमा परेका छन्।