चैतन्य एकेडेमीको शाखा अब वुटवलमा - Chaitanya News
  • 2026-05-23
  • 20:35:18
  • शनिबार,जेठ ०९, २०८३
  • चैतन्य एकेडेमीको शाखा अब वुटवलमा

    चैतन्य एकेडेमीको शाखा अब वुटवलमा

    काठमाडौं– काठमाडौंको बानेश्वर स्थित शङ्खमुलमा रहेको चैतन्य एकेडेमी सफलता तपाईंको, सहकार्य चैतन्यको भन्ने मूल नाराका साथ दशक लामो समय देखि लोकसेवा तयारी कक्षाको संयोजनकारी भूमिका निर्वाहा गर्दै आईरहेको एक प्रतिष्ठित संस्था हो ।

    दुरदराजमा रहेका शैक्षिक युवाहरूको सार्वजनिक सेवामा पहपच वढाउन अनलाई तथा भौतिक कक्षाहरूको संचालन गर्दै आईरहेको चैतन्यको नयाँ शाखा वुटवलमा पनि स्थापना हुने भएको छ।

    विगत दशक लामो सयमय देखि क्रियाशील चैतन्य एकेडेमीले आफ्नो नयाँ शाखा वुटवल ११–देविनगरमा भोलि अर्थात् पुष २३ गते औपचारिक रुपमा उद्घाटन गर्न लागेको हो । उद्घाटन विहान १०ः५७ बजे स्वामी लोकान्द जी महारजले गर्नेछन।

    सबै क्षेत्रका लोकसेवा तयारी गरिरहनु भएका विद्यार्थिले सेवा, सुबिधा पाउन, पढ्न पाउन भन्ने उदेश्यले एकेडेमीले वुटवलमा पनि नयाँ शाखा खोल्न लागेको हो । चैतन्य एकेडेमीको अर्को शाखा कैलालीको धनगढीस्थित शिवनगरमा पनि रहेको छ ।

    चैतन्य एकेडेमीले काठमाडैं र धनगढीबाट खरिदार देखि सहसचिव सम्मको लोकसेवा तयारी कक्षा स्वास्थ्य सेवा, शिक्षक सेवा, सुरक्षा निकाय, बैंकिङ लगायत विभिन्न विषयमा अध्ययन तथा अनुसन्धानको क्षेत्रमी उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।एकेडेमीले लोकसेवा तयारी गर्ने र गरिरहेका विद्यार्थिलाई प्रदान गर्ने सेवालाई थप सहजता बनाउन आफ्नो नयाँ शाखा वुटवलमा सञ्चालन गर्न लागेको हो ।

    चैतन्य एकेडेमीले लोकसेवा आयोग तयारी कक्षाका साथै विभिन्न पेसामा संलग्न व्यक्तिहरूको पेसागत क्षमता अभिवृद्धि नीति निर्माण संगठनात्मक विकासका क्षेत्रमा विगत दश वर्षदेखि काम गर्दै आइरहेको छ ।

    सबै क्षेत्रका विद्यार्थिले सेवा–सुबिधा र पढ्न पाउन भन्ने उदेश्यले वुटवलमा पनि नयाँ शाखा खोलेको एकेडेमीका सिइओ गणेशप्रसाद जोशीले बताए ।