नेपाली जमिन भारतीयले उपभोग गरिरहेकोबारे एमालेले गरायो गृहमन्त्री लेखकको ध्यानाकर्षण - Chaitanya News
  • 2026-11-20
  • 01:32:34
  • बिहिबार,मंसिर ०४, २०८३
  • नेपाली जमिन भारतीयले उपभोग गरिरहेकोबारे एमालेले गरायो गृहमन्त्री लेखकको ध्यानाकर्षण

    नेपाली जमिन भारतीयले उपभोग गरिरहेकोबारे एमालेले गरायो गृहमन्त्री लेखकको ध्यानाकर्षण

    काठमाडौँ– कञ्चनपुरको शुक्लाफाँटामा नेपालको जमिन भारतीयले उपभोग गरिएको विषयमा नेकपा एमालेले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

    आज (सोमबार) प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिमा परेका उजुरीमाथिको छलफलको सुरुमा नै सांसद रघुजी पन्तले बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन्।

    समितिका सदस्य एमाले सांसद पन्तले भने, ‘कञ्चनपुरको शुक्लाफाँटामा भारतीयले उपभोग गरिरहेको जमिन सरकारले आफ्नो जिम्मा ल्याउन पहल भइरहेको छ कि छैन, यसमा गृहमन्त्रीको ध्यानाकर्षण होस्। हाम्रो भूमि हाम्रो स्वामित्वमा आओस्। हाम्रो भूमिको रक्षा सरकारले गरोस्।