सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी - Chaitanya News
  • 2026-11-20
  • 01:42:40
  • बिहिबार,मंसिर ०४, २०८३
  • सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी

    सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी

    काठमाडौँ– सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन् । हिजो (शनिवार) सम्पन्न सर्वोच्च अदालत बार एशोसिएशनको अध्यक्षमा पोखरेल विजयी भएका हुन्।

    उनले ३६८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता महेशकुमार थापाले १८१ मत पाउँदा अधिवक्ता प्रेमसिंह धामीले १५ मत पाएका छन्।

    यस्तै, उपाध्यक्षमा अम्बर बहादुर राउत र सचिवमा रमण कुमार कर्ण निर्वाचित भएका छन्। यसैगरी सह–सचिवमा अधिवक्ता पुन्ददेवी महर्जन,कोषाध्यक्षमा अधिवक्ता रामचन्द्र पौडेल विजयी भएका छन्।

    यस्तैगरी,महिला सदस्यमा अधिवक्ता सुधा धिताल र खुला सदस्यहरूमा अधिवक्ताहरू दुर्गा मोहन श्रेष्ठ,इन्द्रशेखर खड्का,प्रदीपकुमार श्रेष्ठ, नागेश्वर प्रसाद चौधरी,निर्मल प्रसाद उपाध्याय,ओमकृष्ण श्रेष्ठ,प्रमोद रेग्मी र प्रदीपकुमार राजवंशी विजयी भएका छन्।