कीर्तिमानी पर्वतारोही मिङ्मालाई भव्य स्वागत - Chaitanya News
  • 2026-11-20
  • 01:46:21
  • बिहिबार,मंसिर ०४, २०८३
  • कीर्तिमानी पर्वतारोही मिङ्मालाई भव्य स्वागत

    कीर्तिमानी पर्वतारोही मिङ्मालाई भव्य स्वागत

    काठमाडौँ– कीर्तिमानी पर्वतारोही मिङ्मा जी. शेर्पालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ। शेर्पाले अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको कीर्तिमान बनाएका हुन्।

    उनले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गरेका छन्। विमानस्थलमा विभिन्न संघ संस्थाहरूले बाजागाजा र खादा मालाका साथ स्वागत गरेका थिए ।