काठमाडौँ– २०२४ अरू वर्षहरू झैँ सामान्य रूपमा बितेको वर्ष पक्कै हैन । सामाजिक, राजनैतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रूपमा पनि यस वर्षले धेरै कुराहरू हामीलाई उपहार दिँदै अनि हरेक उपहारसँगका अनुभवहरू छोड्दै आजबाट अङ्ग्रेजी नयाँ वर्ष २०२५ सुरु भएको छ।
यो वर्ष देशभरि ठुला घटनाहरूको सामना गर्नुपर्यो । बाढी पहिरोले धेरै स्थानहरू तहसनहस बने , काठमाडौँ उपत्यका साथै देशभरि नै ठुलो जनधनको क्षति भयो ।
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा असार २८ गते गएको पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता २ वटा बस अहिलेसम्म भेटिएको छैन। श्रावण ९ गते त्रिभुवन विमानस्थल नजिकै सौर्य एयर विमान दुर्घटना १८ जनाको मृत्यु भयो।
श्रावण २४ गते नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा काठमाडौँबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो र असोज ११ गते धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो।
यस वर्ष देशलाई विश्व सामु चिनाउन धेरै कुराहरू भए। पेरिस पाराओलम्पिक २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेसा गोवर्द्धन ले दिलाएकी छन्। कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै सर्वोच्च शिखर सगरमाथा ९८,८४८.८६० मिटरको ३० औँ पटक आरोहण गर्दै नयाँ रेकर्ड कायम गरेका छन्।
नेपाली महिलातर्फ सानो उमेरमा पहिलोपटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पा, १८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर रिन्जीले कीर्तिमान बनाए।
कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले विना अक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर यही वर्ष नयाँ कीर्तिमान बनाए। उनीहरुले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विना अक्सिजन आरोहण गरिसकेका थिए। शिशापाङ्मा १४ औं हिमाल हो। पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन्।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाएकी थिइन्।