अहिले युवाहरुका लागि वेस्ट विकल्प भनेको नै लोकसेवा हो : अनिल कुमार श्रेष्ठ - Chaitanya News
  • 2026-05-23
  • 20:35:56
  • शनिबार,जेठ ०९, २०८३
  • अहिले युवाहरुका लागि वेस्ट विकल्प भनेको नै लोकसेवा हो : अनिल कुमार श्रेष्ठ

    अहिले युवाहरुका लागि वेस्ट विकल्प भनेको नै लोकसेवा हो : अनिल कुमार श्रेष्ठ

    लोकसेवा परीक्षामार्फत् सरकारी सेवामा प्रवेश गर्ने चाहना सबैमा हुन्छ । यही चाहनालाई साकार पर्ना हजारौ परीक्षार्थीहरू परीक्षामा सामेल हुन्छन् । तर, केही मात्रै सफल हुन्छन् । असफल हुने केही परिक्षार्थीहरूले यो कठिन झमेलामा फस्न चाहदैनन् र लोक सेवाको फर्म भर्ने झन्झटबाट मुक्त हुन्छन् । तर, कुनै असफल परीक्षार्थीहरू एक र अनेकौं पटकको असफलताबाट आत्तिँदैनन् र परीक्षामा सामेल भइरहन्छन् । अन्ततः सफलता हासिल गरिछाड्छन् । त्यसो भए लोक सेवा परीक्षामा सफल हुनको रहस्य के छ त रु यिनै विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले भरखरैशाखा अधिकृतमा सिफारीस भएका शाखा अधिकृत अनिल कुमार श्रेष्ठसँग गरेको संवादको सम्पादित अंश:

    1.  तपाईं शाखा अधिकृतको रुपमा नेपाल सरकारको निजामती सेवामा नाम निकाल्न सफल हुनु भएको छ, कस्तो महसुस भइरहेको छ ?
    शाखा अधिकृतको रुपमा नेपाल सरकारको निजामती सेवामा नाम निकाल्न पाउदा निकै नै खुशी लागेकोे छ । साथै आफैप्रति भर्व महसुस पनि गरिरहेको छु ।

    2. यो सफलाता प्राप्तिका लागि यहाँले कसरी तयारी गर्नुहुन्थ्यो ?
    यो सफलता प्राप्तिका लागि सबैभन्दा पहिलात मैले मेरो लक्ष किटान गरेको थिए । लोकसेवा नै पास गरी सरकारी सेवामा छिरेर आफ्नो भविष्य बनाउने मेरो सपना थियो । र त्यही लक्ष र सपनाका साथ मैले पढे, मैले कसैको पनि दबाबमा पढीन, पढ्ने कुरालाई मनै देखि मन लगाएर पढे, अर्को यो सफलता प्राप्तिका लागि मलाई चैतन्य इन्टिच्यूटको शनिबारीय श्रृङ्खालाको पनि ठुलो सहयोग पुगेको छ। त्यसको लागि म चैतन्यलाई पनि धन्यबाद दिन्छु ।

    3. अध्ययनका लागि कति र कुन समय छुट्याउनु भएको थियो ?
    म नासुमा कार्यरत थिए । दिउसो अफिस हुने भएकाले मैले पढाईको लागि बिहान र बेलुकाको समयलाई छुट्याएको थिए । बिहान चाडै उठेर व्यायम गरेर २–३ घण्टा सधै पढाईलाई दिन्थे । र बेलुका पनि २–३ घण्टा पढेर मात्रै सुत्ने गरेको थिए । साथै अफिसमा खालि भएको टाइममा अरुसँग गफ दिने भन्दापनि बुकहर निकालेर पढ्ने गरेको थिए । र आज सोहीको प्रतिफल शाखा अधिकृतमा सिफरीस हुन सफल पनि भएको छु ।

    4. लोकसेवा तयारीका क्लास र पुस्तकले तयारीमा कस्तो टेवा पुग्छ ?
    लोकसेवा तयारीका क्लासहरुको त मलाई अनुभव छैन । मैले जागीर गदै पढ्दै गरेकाले क्लासहर कहिले पनि लिन पाइन, तर पुस्तकहरु र टेस्ट परिक्षाहरुले ठुलो सहयोछ पुग्छ । अरु भन्दा पनि मलाईत चैतन्यको शनिबारीय श्रुङ्खलाले धेरै नै सहयोग गरको हो ।

    5. अध्ययन गर्दा कस्ताखाले सामाग्री छनोट गर्नु उपयुक्त हुन्छ, र यहाँले कस्ता सामाग्रीलाई बढी प्राथमिकता दिनु हुन्थ्यो ?
    मैले सबै भन्दा बढी प्राथमिकता पुराना प्रश्नहरुलाई दिन्थे । हामी जुन पदको लागि जाँच दिँदैछौं । सो पदको सबै पाठ्यक्रम समावेश भएको साधारण भाषामा लेखिएको पुस्तकलाई आफ्नो प्रारम्भिक पाठ्य सामग्री बनाउने । यदि यस्ता सामाग्री एउटै पुस्तकमा उपलब्ध हुँदैन भने एकभन्दा बढी पुस्तक प्रयोग गर्ने । यसले पाठ्यक्रमका सबै विषयको सामान्य जानकारी गराउँछ । आफूसँग उपलब्ध हुने दैनिक पत्रिकाका सबै हेडलाइनमा हेर्ने । पाठ्यक्रमसँग सम्बन्धित विषयलाई राम्रोसँग पढ्ने । आवश्यक भए नोट बुकमा टिपोट समेत गर्ने ।कुनै लेख पढ्दा ती लेखको पाठ्यक्रमसँगको सम्बन्ध खोज्ने, टिपोट गर्ने र सम्झने । यी कामले हामीलाई पाठ्यक्रमसँग अभ्यस्त गराउँछ । हर विषय कुनै न कुनै रूपमा सम्झिरहन सकिन्छ ।

    6. अहिले लोकसेवाप्रति युवाहरुको आकर्षण कस्तो देख्नु हुन्छ ?
    अहिले लोकसेवाप्रति युवाहरुको आकर्षण बढ्दो छ । पहिला भन्दा पनि कोभिड–१९ पछि युवाहरु लोकसेवाप्रति धेरै नै आर्कर्षीत देखिन्छन् । अहिले युवाहरुले बुझि सकेका छन् । र अहिले युवाहरुका लागि वेस्ट विकल्प भनेको नै निजामति सेवा हो ।

    7. अहिले लाखौं युवाहरु विदेशीएका छन, यहाँको मनमा चाहिँ विदेश जान सोच आएन ?
    विदेश जाने सोच त आएको हो । तर पारिवारिक समस्याले विदेश जान सकिएन । पछि परिवारसँग छुट्टिएर विदेश जानु भन्दा पनि नेपालमा नै केही गर्नुपर्छ भन्ने सोच आयो र नेपालमा नै केही गर्ने भए सबैभन्दा उत्तम विकल्प नै लोकसेवा हो भन्ने सुझावहरु परिवार र साथिहरुबाट पनि आयो र मैले लोकससेवा नै पढ्ने निर्णय गरे र आज निजामति सेवाको एउटा खुड्किलो उक्लन पनि सफल भएको छु ।

    8अन्त्यमा लोकसेवा तायारी गरिरहनु भएका परिक्षार्थिलाई कस्तो सन्देश दिन चाहानुहुन्छ ?
    लोक सेवा परीक्षा अति प्रतिस्पर्धी हुने गर्दछ । यसको तयारी एउटा निश्चित तरीकाबाट गरियो भने यसले सफलता हासिल गर्नमा सहयोग गर्दछ लोकसेवा तयारी गर्दा धैर्यता र लागनशीलता हुन जरुरी छ । हार मान्नु हुँदैन। आत्मविश्वासका साथ पढ्नुपर्छ। पहिलो पटकमा नै त कोहि सफल हुन सक्छ कोही असफल हुन सक्छ, तर निरन्तर असफलतापछि अवश्य पनि एक पटक सफलता हाँसिल गर्न सकिन्छ। मैले पनि यो सफलता पहिलो चोटिकै प्रयासमा पाएको होईन् । मेरो तेस्रो चोटिको प्रयासमा मात्रै यो सफलता हासील भएको हो । नोटहरू बनाएर तयारी गर्ने। तयारी गर्दा राम्रोसँग गनुपर्छ सफलता निश्चित छ।