काठमाडौँ– दक्षिण कोरियामाविमान दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार बिहान थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना परेको हो।
१७५ यात्रु र छ जना चालक दलका सदस्य रहेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किरहेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।
दुर्घटना विमानमा २८ जनाको मृत्यु भएको छ भने अन्यको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ।
देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको जनाइएको छ।
आइतबार बिहान दुर्घटना भएको विमानमा रहेका यात्रुहरूमा १७३ जना दक्षिण कोरियाली र दुई जना थाई नागरिक थिए। दुर्घटनाको कारण स्पष्ट नभए पनि चरा ठोक्किएर वा अवतरण गियर बिग्रिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।