विश्वविद्यालयका नवनियुक्त तिन उपकुलपतिहरूले लिए शपथ - Chaitanya News
  • 2026-11-19
  • 18:53:26
  • बिहिबार,मंसिर ०४, २०८३
  • विश्वविद्यालयका नवनियुक्त तिन उपकुलपतिहरूले लिए शपथ

    विश्वविद्यालयका नवनियुक्त तिन उपकुलपतिहरूले लिए शपथ

    काठमाडौँ– विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त उपकुलपतिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सपथ लिएका हुन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा भएको कार्यक्रममा कुलपतिका हैसियतमा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा। डा। धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा। डा। वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा।डा।शारदा थपलियाको शपथ लिएका हुन्।

    प्रधानमन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरूलाई कार्यकाल सफलताको कामना गरे। सो अवसरमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए।