आफूखुसी गैर हाजिर हुने ३० जना प्रहरीलाई स्पष्टीकरणसहित हाजिर हुन सूचना जारी - Chaitanya News
  • 2026-11-20
  • 02:43:06
  • बिहिबार,मंसिर ०४, २०८३
  • आफूखुसी गैर हाजिर हुने ३० जना प्रहरीलाई स्पष्टीकरणसहित हाजिर हुन सूचना जारी

    आफूखुसी गैर हाजिर हुने ३० जना प्रहरीलाई स्पष्टीकरणसहित हाजिर हुन सूचना जारी

    काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले आफूखुसी गैर हाजिर रहेका ३० जना प्रहरी कर्मचारीलाई स्पष्टीकरणसहित हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। प्रहरी नियमावली, २०७१ को नियम ९५ उपनियम (२) अनुसार उनीहरूलाई तोकिएको मितिभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिइएको हो।

    प्रहरी प्रधान कार्यालयले अनुपस्थित प्रहरी कर्मचारीहरूमाथि कारबाही प्रक्रिया अघि बढाउनुअघि उनीहरूलाई सात दिनभित्र कार्यालयमा उपस्थित भई आफ्नो स्थिति स्पष्ट गर्न आग्रह गरेको छ।

    सूचनामा, तोकिएको म्यादभित्र हाजिर नभएमा नियमावलीको प्रावधानअनुसार सेवाबाट हटाउने कारबाही अघि बढाइने चेतावनी दिइएको छ।