मलेसियाका लागि नेपाली राजदूतमा डा. नेत्र प्रसाद तिम्सिना नियुक्त - Chaitanya News
  • 2026-11-20
  • 03:20:40
  • बिहिबार,मंसिर ०४, २०८३
  • मलेसियाका लागि नेपाली राजदूतमा डा. नेत्र प्रसाद तिम्सिना नियुक्त

    मलेसियाका लागि नेपाली राजदूतमा डा. नेत्र प्रसाद तिम्सिना नियुक्त

    सरकारले मलेसियाका लागि नेपाली राजदूत नियुक्त गरेको छ। यसअघि संसदीय सुनुवाइ पूरा भइसकेका डा. नेत्र प्रसाद तिम्सिनालाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राजदूत नियुक्त गरेका हुन्।

    राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उनलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख छ।