काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्सले नेपाल प्रिमियर लिग को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो।
चितवनका रवि बोपाराले सर्वाधिक ५३ रन बनाए पनि जिताउन सकेनन्। उनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
ओपनर विपिन रावल १८, लुक बेनकेन्सटाइन १६, कप्तान कुशल मल्ल २१, सन्तोष कार्की ८, सोहिल तानविर ४, अमर रौटेला ९ र रिजन ढकाल ७ रनमा आउट भए। शरद भेषवाकर १० रनमा अविजित रहे।
बलिङमा कर्णालीका जिशन मक्सुदले ३, कप्तान सोमपाल कामी र नन्दन यादवले र विपिन शर्माले एक विकेट लिए। त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनायो।
कर्णालीका दुई ब्याटरले अर्धशतक प्रहार गरे। ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतक पुरा गरे। जयकिशन ४३ र विलियम ५२ रनमा बनाएर आउट भए। रित गौतम ०, जिसन मक्सदु १४, देव खनाल ३ र गुल्सन झा ० रनमा आउट भए। चाडविक वाल्टन ४६ रनमा अविजित रहे। विलियमले जयकिशनसँग मिलेर ५९ र चाडविकसँग मिलेर ६७ रनको साझेदारी गरेका थिए।
बलिङमा सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए। कर्णालीले अब फाइलन प्रवेशका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिचको खेलमा पराजित हुने टोलीसँग खेल्नेछ।