काठमाडौँ– तपाईं सामाजिक सञ्जाल कत्तिको चलाउनुहुन्छ? अहिले उपलब्ध सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम, एक्स आदि राम्रो लाग्दैन भने तपाईंका लागि खुसीको खबर छ। भर्खरै मात्र मोजी नामक नयाँ सामाजिक सञ्जाल प्लेटफर्म लन्च भएको छ। तपाईंलाई यो एप मन पर्न सक्छ।
मोजीका संस्थापक इभ विलियम्स भने यसलाई सामाजिक सञ्जाल प्लेटफर्म भन्न रुचाउँदैनन्। ‘यो वास्तवमै सामाजिक सञ्जाल मञ्च होइन, किनकि प्रयोगकर्ताहरूले यसमा फोटो वा भिडियोहरू पोस्ट गर्न सक्दैनन्। यसको सबैभन्दा अनौठो विशेषता भनेको यो एप प्रयोग गरेर प्रयोगकर्ताहरूले नयाँ व्यक्ति र उनीहरूका परिचितहरूसँग अर्थपूर्ण रूपमा जोडिन सक्छन्’ मोजीका संस्थापकले भनेका छन्। एप हाललाई आईओएसमा मात्र उपलब्ध भएको र एन्ड्रोइड प्रयोगकर्ताका लागि वेटलिष्ट पहिला देखि नै उपलब्ध रहेको र एप पनि चाँडै रिलिज हुन सक्ने बताइएको छ।
के हो मोजी रु कस्ता छन् यसका फिचरहरू ?
परम्परागत सामाजिक सञ्जालले मानिसहरूलाई एक अर्कासँग जोड्नुको सट्टा अन्जान मानिसहरूबीच कन्टेन्ट शेयर गर्नमा जोड दिने गरेको मिडियामा गरिएको एउटा पोष्टमा विलियम्सले बताएका छन्। विलियम्स इन्फ्लुएन्सर बिनाको एउटा वैकल्पिक निजी प्लेटफर्म उपलब्ध गराउन चाहन्थे।
यो प्लेटफर्ममा सार्वजनिक प्रोफाइल,फलोअरको गणना र अपरिचितहरूको समर्थन नहोस् भन्ने उनको चाहना थियो । कम्पनीले केही समयअघि एउटा सानो समूहमा एप लञ्च गरेको थियो। यसका फिचरहरूप्रति प्रयोगकर्ताहरूबाट निकै सकारात्मक प्रतिक्रिया आएपछि कमपनीले एप औपचारिक रुपमा लञ्च गरेको हो। एजेन्सी