काठमाडौँ– बाक्लु हुस्सुका कारण पूर्वी क्षेत्रका अधिकांश विमानस्थलमा मध्याह्न कबिर १२ बजेसम्म उडान, अवतरण हुन सकेको छैन।
तोकिएको समयमा उडान हुन नसकेपछि काठमाडौँ विमानस्थलमा यात्रुको भीड लागेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जनकपुर, सिमरा, भद्रपुर, विराटनगर लगायत विमानस्थलमा उडान, अवतरण हुन सकेको छैन। पश्चिमको सुर्खेत विमानस्थल पनि हुस्सुका कारण यतिबेलासम्म ठप्प छ।
अहिले धनगढी, पोखरा, नेपालगञ्ज, भरतपुर र भैरहवामा उडान भइरहेको छ।