लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 18:30:47
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।

    Group I Group II
    a.  मुलुकी ऐन 1. B.S 1779
    b.  पृथ्वी नारायण शाहको जन्म 2. B.S 1910
    c.  गोरखापत्रको प्रकाशन 3. B.S 2013
    d. योजनाबद्ध विकास प्रारम्भ 4. B.S 1958 
    A) a2,b4,c1,d3 B) a2,b1,c4,d3 C) a4,b2,c3,d1 D) a2,b1,c3,d4
    2. कालीगण्डकी ए जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
    A.  तनहँ B. स्याङजा C.  बाग्लुङ D.  म्याग्दी
    3. निम्न देशहरुका समुहमा भूमध्यरेखा कुन देशहरुका समुहबाट पार हुन्छ ?
    A. इक्वेडर, सोमालिया, मलेशिया, इण्डोनेसिया
    B. कोलम्बिया, युगाण्डा, माल्दिभ्स, कलेसिया
    C. ब्राजिल, गेबन, मलेसिया, ईण्डोनेसिया
    D. ईक्वेडर, केन्या, माल्दिभ्स, इण्डोनेसिया
    4. सौर्यमण्डलमा तलका मध्ये कुन ग्रहलाई Terrestrial Planet  भनेर चिनिन्छ ?
    A. बृहस्पति B.  मंगल C. शनि D.  अरुण
    5. राष्ट्रिय जनगणना,२०७८  अनुसार कम साक्षरता भएका जिल्लाहरुको क्रमशः मिलाउनुहोस् ।
    A.  रौतहट, महोत्तरी, सर्लाही, हुम्ला र बारा
    B.  रौतहट, महोत्तरी, सर्लाही, बारा र हुम्ला
    C.  रौतहट, महोत्तरी, हुम्ला, सर्लाही र बारा
    D.  रौतहट, सर्लाही, महोत्तरी, हुम्ला र बारा
    6. तलका भनाई विचार गर्नुहोस्  ?
    1. टेलिफोनबाट सर्वप्रथम  Hello शब्दको प्रयोग
    2. वैज्ञानिकहरुका पनि वैज्ञानिक भनेर चिनिने
    3. आफ्नो नाम आफै बिर्सने वैज्ञानिक 
    4.  भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार सन् १९०४ मा प्रदान गरियो ।
    माथि दिइएका भनाईहरु कुन वैज्ञानिकका विशेषता हुन ।
    A.  चाल्र्स डार्बिन B.  थोमस अल्बा एडिसन C.  माईकल फराडे D.  ग्यालिलियो ग्यालिली
    7. पर्यटन दिवस, २०२३ को नारा निम्न मध्ये कुन हो ?
    A) Rethinking tourism B) life time experience
    C) Tourism and green investment D) Tourism for health
    8.सबै भन्दा धेरै भाषामा अनुदान भएको नेपाली साहित्य कृति कुन हो ?
    A. सेतो बाघ  B.  कुञ्जिनी C.  कालो सूर्य D.  आकाश विभजित छ
    9. विश्वमै पहिलो पटक हाईड्रोजन संचालित रेल सेवा सुरु गर्ने देश कुन हो ?
    A.  भारत B.  जर्मनी C.  अष्ट्रेलिया D.  वेलायत
    10. एन्टिबायोटिक्सको विकल्पको रुपमा वैज्ञानिकहरुले विकास गरेको नयाँ औषधीको नाम के हो ?
    A. स्टाफेफेक्ट B.  डल्भान्स C.  अर्वाक्टिभ D.  सिभेक्स्ट्रो
    11. भुमध्य रेखालाई काट्ने एक मात्र नदी निम्न मध्ये कुन हो ?
    A. नाईल  B.  नाईजर C.  कंगो D. टिग्रिज
    12. पुर्व देखि पश्चिम सम्म कुन कृषि क्षेत्र क्रम सहि छ ?
    A.  चिया, नस्पति, जुनार, कफि, कपासB.  चिया, जुनार, नस्पति, कफि, कपास
    C.  चिया, जुनार, नस्पति, कपास, कफि D.  जुनार, चिया, नस्पति, कफि, कपास
    13. विश्व बैंकको सदस्य हुनु अघि कुन संस्थाको सदस्य हुनुपर्छ ?
    A)  IFC B) IMF C)  UNICEF D) UNESCO
    14. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    हिमालको नाम उपनाम
    a.  सिस्ने  1.  सेतो पहाड
    b. माछापुच्छे 2.  मुर्कुटा  
    c. चुरे पर्वत 3. कुमारी
    d.  धौलागिरी   4. शिवालिक 
    A) a1,b2,c3,d4B) a4,b3,c1,d2C) a2,b4,c1,d3D) a2,b3,c4,d1
    15. संयुक्त राष्ट्र संघको कार्यकारी अंग भनेर कुनलाई चिनिन्छ ?
    A.  महासभा B.  सुरक्षा परिषद् C.  जिम्मा जमानी परिषद् D.  अन्तर्राष्ट्रिय न्यायलय
    16.देहायका मध्ये कुन मुलुक ASEAN को संस्थापक मुलुक होईन ?
    A. म्यानमार B.  थाईल्याण्ड C.  फिलिपिन्स D. मलेसिया
    17. हरित पेटिका अभियान (Green Belt Movement) का संस्थापक को हुन ?
    A)  Gaylord Nelson B) Wangari Maathai C) Paul Wason D) John Muir
    18. कोलिन स्मिथका बारेमा तलका भनाई विचार गर्नुहोस् ।
    १. उनलाई पुतली बाजे भनेर चिनिन्छ । 
    २. नेपाल सरकारबाट सम्मानार्थ नेपाली नागरिकता पाउने पहिलो व्यक्ति हुन ।
    ३. निधन वि.सं. २०८० कात्तिक १८ मा नेपालमा भएको हो ।
    A.  १ र २ सहि B.  १ र ३ सहि C.  १ र ३ सहि D.  सबै सहि
    19. राष्ट्रिय जनगणना द्दण्ठड नतिजा अनुसार कुन जोडा गलत छ ? 
    A. कोशी -192 B.  बागमती – 301
    C. कर्णाली – 60 D. गण्डकी – 138
    20.विष्णु तिर्थ तालु भनेर कुन ताललाई चिनिन्छ ?
    A. फेवा ताल B.  मैदी ताल C.  रानी पोखरी D.  फोक्सुण्डो ताल
    उत्तरहरुः
    1. B 11. C
    2. B 12. B
    3. D 13. B
    4. B 14. D
    5. A 15. B
    6. B 16. A
    7. C 17. B
    8. C 18. A
    9. B 19. D
    10. A 20. C 
    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100