एनपीएल: लुम्बिनीमाथि जनकपुरको रोमाञ्चक जित - Chaitanya News
  • 2026-07-26
  • 19:11:44
  • आइतबार,साउन १०, २०८३
  • एनपीएल: लुम्बिनीमाथि जनकपुरको रोमाञ्चक जित

    एनपीएल: लुम्बिनीमाथि जनकपुरको रोमाञ्चक जित

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर रोयल्सलेलुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ।

    थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो।

    जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो।

    लिगमा जनकपुरको यो लगातार चौथो जित हो। ४ खेलबाट ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लेको छ।