काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कर्णाली याक्स र चितवन राइनोज तथा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्सबीच प्रतिस्पर्धा हुने छ।
आजको पहिलो खेल कर्णाली र चितवनबीच हुँदैछ। पहिलो खेल बिहान ९ बजे र दोस्रो लुम्बिनी र पोखराबीचको खेल दिउँसो सवा १ बजे हुनेछ।
पोखरा र कर्णाली दुवै पहिलो जितको खोजीमा हुनेछन्। चितवन राइनोजले यसअघि खेलेका दुवै खेल जितेको छ।
यस्तै, लुम्बिनी लायन्सले दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो।