भन्सार चुहावटका सूचना दिन विभागको आह्वान - Chaitanya News
  • 2026-11-20
  • 04:59:04
  • बिहिबार,मंसिर ०४, २०८३
  • भन्सार चुहावटका सूचना दिन विभागको आह्वान

    भन्सार चुहावटका सूचना दिन विभागको आह्वान

    काठमाडौँ– भन्सार विभागले भन्सार चुहावटबारे सूचना दिन आह्वान गरेको छ।

    भन्सार प्रशासनमा हुने जोखिम तथा राजस्व चुहावटका विषयमा कुनै जानकारी वा सूचना भएमा विभागको इन्टिलिजेन्ट युनिटमा टिपाउन विभागले आग्रह गरेको हो। विभागले सूचना गोप्य राखिने समेत बताएको छ।

    इन्टिलिजेन्स एट कस्टम डट जीओभी डट एनपीमा यस्ता सूचना टिपाउन सकिने समेत विभागले जनाएको छ।