एसीसी यू–१९ एसिया कपमा लगातार विकेट जाँदा दबाबमा नेपाल - Chaitanya News
  • 2026-07-28
  • 23:48:26
  • मंगलबार,साउन १२, २०८३
  • एसीसी यू–१९ एसिया कपमा लगातार विकेट जाँदा दबाबमा नेपाल

    एसीसी यू–१९ एसिया कपमा लगातार विकेट जाँदा दबाबमा नेपाल

    काठमाडौं– यूएईमा जारी एसीसी यू–१९ एसिया कपमा बंगलादेशविरुद्ध नेपालको लगातार विकेट गएको छ।

    २४ ओभरको खेल सकिँदा नेपालले पाँच विकेट गुमाएर ७३ रन मात्र बनाएको छ। टिकेर खेलिरहेका ओपनर आकाश त्रिपाठी २३.५ ओभरमा क्याच आउट भएसँगै नेपाल दबाबमा परेको हो।

    आकाश ७७ बलमा ४३ रन जोड्दै आउट भए। अहिलेसम्म अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेको छैन।

    मयान यादव ४, नरेन भट्ट ४ र सन्तोष यादब ७ रनमा आउट भए। अर्जुन कुमालले खाता खोल्न सकेनन्।

    पहिलो खेलमा श्रीलंकासँग पराजित नेपाल बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ।