काठमाडौँ उपत्यकाको वायु गुणस्तर खराब - Chaitanya News
  • 2026-05-04
  • 01:14:21
  • आइतबार,बैशाख २०, २०८३
  • काठमाडौँ उपत्यकाको वायु गुणस्तर खराब

    काठमाडौँ उपत्यकाको वायु गुणस्तर खराब

    काठमाडौँ– काठमाडौँ उपत्यकाको वायु गुणस्तर खस्किएको छ। युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) आइतबार बिहान ९ः४५ मिनेटको मापन अनुसार काठमाडौँको उपत्यकामा पर्ने ललितपुरस्थित पाटन क्षेत्रको वायु गुणस्तर १७५ एक्यूआई, काठमाडौँ क्षेत्रको १६१ एक्यूआई र भक्तपुरको क्षेत्रमा १५५ एक्यूआई मापन गरिएको छ।

    स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५० एक्यूआई हुँदा राम्रो, ५१–१०० एक्यूआई हुँदा मध्यम, १०१–१५० एक्यूआई हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने गर्दछ। यस्तै, सो सूचकाङ्क १५१–२०० एक्यूआई पुगेमा अस्वस्थ, २०१ – ३०० एक्यूआई निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत वातावरण विभागले जनाएको छ।

    एक्यूआई मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ। एक्यूआइले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ।