गृह मन्त्रालय मातहत १२ जना उपसचिवको जिम्मेवारी हेरफेर (सूचिसहित) - Chaitanya News
  • 2026-11-20
  • 05:09:08
  • बिहिबार,मंसिर ०४, २०८३
  • गृह मन्त्रालय मातहत १२ जना उपसचिवको जिम्मेवारी हेरफेर (सूचिसहित)

    गृह मन्त्रालय मातहत १२ जना उपसचिवको जिम्मेवारी हेरफेर (सूचिसहित)

    काठमाडौँ– गृह मन्त्रालय मातहतका १२ जना उपसचिवहरुको जिम्मेवारी हेरफेर गरिएको छ। केन्द्रीय कारागारका जेलर कृष्ण बहादुर कटुवाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। केन्द्रीय कारागारको प्रमुखमा अन्जन न्यौपानेलाई पठाइएको छ।

    भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा चिरञ्जीवी भण्डारी, ललितपुरको सहायक प्रजीअमा गीता घिमिरे र कारागार कार्यालय झुम्काको प्रमुखमा सुवास कुमार लामिछानेलाई सरुवा गरिएको छ।

    चूडामणि शर्मा गौतमलाई जिल्ला प्रशासन कार्यालय चितवनको सहायक प्रजीअ र चेतराज बराललाई सिरहाको सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ।