युवाहरुका लागि लोकसेवा एक स्वर्णिम अवसर हो : सन्दिप न्यौपाने - Chaitanya News
  • 2026-05-23
  • 17:33:18
  • शनिबार,जेठ ०९, २०८३
  • युवाहरुका लागि लोकसेवा एक स्वर्णिम अवसर हो : सन्दिप न्यौपाने

    युवाहरुका लागि लोकसेवा एक स्वर्णिम अवसर हो : सन्दिप न्यौपाने

    नेपालको संविधान भाग ५ को धारा ५ मा उल्लेख भएअनुसार राज्यको संरचना र राज्यको बाँडफाँड अनुरुप गणतन्त्रको मुल उदेश्यका साथ स्थापित ७५३ वटै स्थानीय तहहरुमा स्थानीय सरकारको सचिवको रपमा हाल प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हाल्दै आएका छन् । अध्यक्ष वा प्रमुखको निर्देशनमा कार्यपालिका तथा सभाको बैठक बोलाउने र सम्बन्धीत आवश्यक कार्य गर्ने गराउने , कार्यपालिकाको निर्णय प्रमाणित गर्ने, सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरषित गर्ने आदि कामहरु गर्ने प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हो । पालिकाभित्र भइरहेको कामलाई जनतासमक्ष पुर्याउने र केही पालिकाहरुमा भौगोलिक विकटता र सिमित स्रोत साधनका बीच काम गर्न असहज भइरहेको बेला कुन पालिकाले कसरी काम गरिरहेका छन् ? त्यहाँका जनताका अपेक्षा के छन् ? यिनै कुरालाई मध्यनजर गर्दै चैतन्य खबरले विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग संवाद गरिरहेको छ । आज चैतन्य खबरका लागि निर्मला कडायतले डोटीको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेसँग गरेको संवादको सम्पादित अंश:

    1.  तपाईं हाल कार्यरत पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको कति भयो ?
    मैले बडीकेदार गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेको ११ महिना भयो ।

    2. यो ११ महिनाको अवधिमा यहँका जनप्रतिनिधिको व्यवहार र यहाँको माहोल कस्तो पाउनुभयो ?
    मैले यहाँ जनप्रतिनिधिहरुको राम्रो साथ र सहयोग पाइरहेको छु । सबै जनप्रतिनिधिहरु, कर्मचारीहरु नियम कानुनलाई पालना गरेर नै काम गर्नुपर्छ भन्नेमा हुनुहुन्छ । मैले आएको दिनबाट नै यहाँका कर्मचारीसग बस्ने, छलफल गर्ने, वडा सचिवहरुसँग बस्ने र आएका सेवाग्रहीसँग उहाँहरुले चाहिँ रहनु भएको सेवाका बारेमा बुझ्ने गरेको छु । हाम्रो चाहाना भनेकै जनपक्षीय सेवा प्रवाह गर्नु हो । हामी त्यसमा सजग छौं । र सोही अनुरुप नै सेवा प्रवाह गर्ने छु ।

    3. पालिकामा कर्मचारीप्रति जनताको कस्तो अपेक्षा पाउनु भएको छ ?
    जनअपेक्षा त धेरै नै छन। संघिय सरकार र प्रदेश सरकारका अधिकार क्षेत्रका विषयमा पनि स्थानीय तहसँग जनताको अपेक्षा हुने हुन्छ । हामीले नियम कानुन भित्र रहेर काम गर्नुपर्ने हुन्छ । तर जनताहरुलाइृ चाहीँ नियम कानुन भन्दा पनि छिटो काम सम्पन्न होस भन्ने हुन्छ । त्यसैले जनताले यो कुरा बुझिदिनु भयो भने हामीलाई सजिलो हुने थियो । पमलिकाका जनतालाई सेवा दिने भनेर हामी आएका हौं । शाखामार्फत हुने सेवा प्रवाहलाई चुस्तता पार्ने छौं ।
    तपाईंले पालिकामा प्रशासकीय कार्यशैलिको कुसल व्यवस्थमपन कसरी गरिरहनु भएको छ ?
    पालिकामा प्रशासनीक नेतृत्व भइसकेपछि यहाँका प्रशासनिक काम कारबाहीमा नै मेरो ध्यान केन्द्रित हुन्छ । तथावी स्थानीय सरकार भएकाले यहाँका जनप्रतिनिधि, सत्तापक्षा, राजनीतिदल लगायत कर्मचारीहरुसँग समन्वय, सहकार्य गरेर अगाडी बढीरहेका छौं । तल्लो निकायहरुसँग पनि समन्वय गरेर कामहरु गरिरहेका छौं । वार्षिक खरिद योजनाहरुलाई सुरुकै वर्षमा स्वकृत गराएर मात्रै योजनाहरु कार्यन्वयन गरेर मात्रै अगाडी बढाउने गरेका छौं । विभिन्न वडा र शखााबाट आएका रिपार्टको अध्ययन गर्दै त्यहाँका समस्याको पहिचार गरेर समाधान हुनेगरि काम पनि गरिरहेका छौं ।

    4. कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ ?
    आधारभुत कुरामा चाहीँ प्रयाप्त नै छन् । तर तिन ओटा वडामा स्थायी वडा सचिव नभएको कारणले गर्दा हामीले आफ्नै स्रोतबाट कामचलाउ रुपमा प्राविधिक कर्मचारीहरुलाई नै कामको जिम्मेवारी दिएका छौं । त्यो हुँदा काम गराईमा समस्या भइरहेको छ । अपाङगता परिचय पत्र वितरण गर्ने शाखामा महिला विकास सायक कर्मचारीको दरबन्दी नभएको कारणले पनि काममा असर परेको छ । अर्को कुरा विगत दुई–तीन वर्ष अघि प्रदेश लोकसेवाबाट आउनु भएको तर यता कामकाजमा चाहीँ अन्तै खटिनु भएको कर्मचारीहरु जानुभएको छ । फेरि प्रदेश लोकसेवा आयोगसँग रिक्त भनेर माग गर्न पनि नमिल्दो रहेछ । सम्बन्धित स्थानीय तहबाट पनि कर्मचारीहरु लगभग लगभग पहाडी भेगबाट तराईमा गइसकेपछि फर्केर पहाडमा काम गर्न नआउने भएको कारणले गर्दा रिक्त पदहरुलाई कसर परिपूर्ति गर्ने भन्ने कुरामा ठूलो चुनौति छ ।

    5.के भइदिएमा अझै गुणस्तरीय सेवा प्रवमह गर्न सकिन्छ जस्तो लाग्छ यहालाई ?
    अपाङगता परिचय पत्र वितरण गर्ने शाखामा महिला विकास सायक कर्मचारीको दरबन्दी नभएको कारणले काममा असर परेको छ । अर्को कुरा विगत दुई–तीन वर्ष अघि प्रदेश लोकसेवाबाट आउनु भएको तर यता कामकाजमा चाहीँ अन्तै खटिनु भएको कर्मचारीहरु जानुभएको छ । फेरि प्रदेश लोकसेवा आयोगसँग रिक्त भनेर माग गर्न पनि नमिल्दो रहेछ । सम्बन्धित स्थानीय तहबाट पनि कर्मचारीहरु लगभग लगभग पहाडी भेगबाट तराईमा गइसकेपछि फर्केर पहाडमा काम गर्न नआउने भएको कारणले गर्दा रिक्त पदहरुलाई कसर परिपूर्ति गर्ने भन्ने कुरामा ठूलोचुनौति छ । सरकारले यो कुराको समाधान गरिदिए हामीलाई काम गर्न सहज हुनेथियो ।

    6. अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी गरिरहनु भएका परिक्षार्थीलाई के भन्न चाहाँनुहुन्छ ?
    सबैभन्दा पहिला तपाईंमा लोकसेवाको परिक्षा दिनुभन्दा अघि म मिहेनत गरेर अगाडी बढे भने अवश्य सफल हुन्छु भन्ने विश्वास र भरोसा हुनैपर्छ । लोकसेवाले लिने सम्पूर्ण परिक्षाहरु निष्पक्ष हुन्छन् । लोकसेवा निष्पक्ष छ , त्यसैले अहिले युवाहरु लोकसेवाप्रति आकर्षित भएको देखिन्छ । निजामति सेवाका लागि कर्मचारी नियुक्त गर्न लोकसेवाले लिने परिक्षाप्रति आकर्षित छन । र युवाहरुका लागि लोकसेवा एक स्वर्णिम अवसर पनि हो । यदि तपाईंले इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवाको तयारी गर्नुभयो भने तपाईंलाई सरकारी जागिर खान कसैले पनि राक्न सक्दैन । देशमा बढ्दो बेराजगारीको एक मात्र विकल्प भनेकै लोकसेवा हो । लोकसेवा आफैमा महत्वपूर्ण छ । यसले निजामतीलगायत अन्य सरकारी सेवामा प्रवेश गर्न चाहाने र आत्मविश्वास नभइरहेका युवाहरुमा अन्तरनिहिन असिमित सम्भावनाहरुलाई चिनाउने, जागरुक गर्ने र उनिहरुमा चेतना जागृत गरेर प्रतिस्पर्धात्मक परिक्षामा हामिने प्रेरित गर्दछ । त्यसैले अहिलेको अबस्थामा युवाहरुले विदेशीनु भन्दा लोकसेवा तयारी गर्नु नै उचित हुन्छ ।

    7. कसरी तयारीगर्दा लोकसेवामा सफल ता प्राप्त हुन्छ जस्तो लाग्छ यहाँलाई ?
    पढ्ने समयतालिका निर्धारण गर्नुपर्छ । निरन्तर पढ्नुपर्छ । पढ्ने समयमा ध्यान पढाईमा नै केन्द्रित गरेर पढ्नुपर्छ । पढेको कुरालाई सम्झने र विश्लेषण गर्ने गर्नुपर्छ । पढाईलाई कहिलेपनि बोझको रुपमा लिनुहुँदैन । सबै विषयलाई उत्तिकै महत्व दिनुपर्छ । कहिलेकाही आफुले आउँदैन होला भनेको कुरा नै परिक्षामा सोधिन सक्छ । त्यसैले पाठ्यक्रमलाई राम्ररी ख्याल गरी सबै कुरालाई अध्ययन गर्ने र आफ्नो परिक्षा आफै लिने कोसीस गर्ने । समय मिल्छ भने साथिहरुसँग टिम बनाएर कहिलेकाहि छलफल गर्ने । क्लासहरु लिने । समय सिमित तर लेख्ने विषय धेरै हुने हुँदा परिक्षामा समय व्यवस्थापन चुनौतिका रुपमा रहन्छ, कतिपय परिक्षार्थीले उत्तर जान्दा जान्दै पनि समय व्यवस्थमपन गर्न नसकी असफल भएको पाइन्छ । त्यसैले समयलाई ध्यान दिने, र परिक्षा केन्द्रमा पनि समयमै पुग्ने । परिक्षा हलमा आपलुलाई चाहिने सबै सामाग्री लिएर जाने।