संविधानले जारी गरेको राज्य सञ्चालजको बाँडफाँडको आधारमा एउटा स्थानीय तह आपंmैमा एउटा सरकार हो । मेयर वा अध्यक्ष त्यस स्थानीय तहको सरकार प्रमुख हुन् । प्रमुख प्रशासकीय अधिकृत मुख्य सचिव हुन् । एउटा मन्त्रालयको मुख्य सचिवको भूमिका जस्तै एक स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको हालको अबस्थामा उस्तै भूमिका हो भन्ने कुरालाई पनि हामी नकार्न सक्दैनौं । पालिकाभित्र भइरहेको कामलाई जनतासमक्ष पुर्याउने र केही पालिकाहरुमा भौगेलिक विकटता र सिमित स्रोत साधनका बीच काम गर्न असहज भइरहेको बेला कुन पालिकाले कसरी काम गरिरहेका छन् ? त्यहाँका जनताका अपेक्षा के छन् ? यिनै कुरालाइृ मध्यनजर गर्दैै चैतन्य खबरले विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग संवाद गर्दै आइरहेकोे छ । त्यसै अनुरुप चैतन्य खबरका लागि निर्मला कडायतले आज जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापासँग गरेको संवादको सम्पादित अंश:
1. तपाईं हाल कार्यरत पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको कति भयो ?
मैले तिला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको एक वर्ष भयो ।
2. यो एक वर्षको अवधिमा यहाँका जनप्रतिनिधिको व्यवहार र यहाँको माहोल कस्तो पाउनुभयो ?
मैले यो एक वर्षको अवधिमा जनप्रतिनिभिको आवश्यक सहयो पाहिरहेको छु। नितिगत निर्णय गर्ने कुरा, कानुन बनाइदिने कुरालगायत अन्य थुप्रै कुरामा राम्रै सहयोग पाएको छु। कानुन मिचेर कुनै निर्णय गर्नुपर्छ भन्ने खालको व्यवहार यहाँको जनप्रतिनिधिबाट खेप्नु परेको छैन। त्यसैले यहाँ काम गर्न सहज छ। जनप्रतिनिधि र कर्मचारीले मिलेर काम गरिरहेका छौं।
3. पालिकामा कर्मचारप्रिति जनताको कस्तो अपेक्षा पाउनु भएको छ ?
स्थानीय तह भनेको स्थानीय सरकारको रुपमा रहेको हुन्छ । जनताको नजिकको सरकार भनेको पनि स्थानीय सरकार नै हो । त्यसैले स्थानीय तहसँग जनताले थुप्रै अपेक्षाहरु गरेका हुन्छन् । जुन स्वाभाविक पनि हो । रोकिएका योजनादेखि पालिकाले प्रवाह गर्ने सेवामा सहजता हुने उहाँहरूमा अपेक्षा छ। जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न र सेवा प्रवाहका रूपमा उहाँहरूले भोग्नु परेका कठिनाईको समाधान गर्दै प्रविधि र जनमैत्री पालिका बनाउने मेरो भूमिका रहने छ।
4. तपाईंले पालिकामा प्रशासकीय कार्यशैलिको कुसल व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
हामीले आन्तरीक नियत्रण प्रणली नियम लागु गरेका छौं । आर्थिक वर्षको सुरुवातमा नै अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कार्य सम्पादन सम्झौता हुने अनि प्रमुख प्रशासकीय अधिकृत र अन्य शाखा प्रमुखहरुबीस कार्य सम्पादन सम्झौता गरेर हामी अगाडी बढेका छौं । विषेश गरि कामलाई अझ प्रभावकारी बनाउनको लागि प्रत्येक कर्मचारीको कार्य विवरण तोकीएको छ । र कर्मचारीहरुले पनि आफ्नो जिम्मेवारी अनुसार नै कामहरु गरिरहेका छन ।
5. कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ ?
हाम्रो पालिकामा कर्मचारी प्रयाप्त नै छन ।
6. धेरै पालिकामा कर्मचारीको अभाव छ भन्ने गुनासाहरु सुनिन्छन, तर यहाँले कर्मचारी प्रयाप्त नै छन भन्नु भयो । अझै पनि के भइदिएमा गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ जस्तो लाग्छ यहाँलाई ?
स्थानीय तह आफैले पनि क्षमता विकास कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । तर पनि सुरुवाती चरण मै स्थानीय जनप्रतिनिधिहरु निर्वाचित हुन वित्तिकै उहाँहरुलाई पनि एउटा प्रशिक्षण कार्यक्रम राख्नुपर्छ । र कर्मचारीहरुलाई पनि अलिकति क्षमता विकासको तालिमको अप्रयाप्त छ । यसलाई प्राथमिकतामा राखिदिए हामीलाई काम गर्न अझै सजिलो हुने थियो ।
7. अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी तरिरहनु भएका परिक्षार्थीलाई के भन्न चाहानु हुन्छ ?
स्थानीय तहले आफ्नै पहलमा पनि केहि कर्मचारी राख्नु पर्ने आवश्यक छ। त्यसैले गुणस्तरीय युवाहरूले लोकसेवाको तयारी गरेर विभिन्न तहमा नाम निकाल्न सक्ने अवस्था छ। अहिले लोकसेवामा धेरै अवसरहरु आएका छन् । लोकसेवा तयारी गरिरहँदा मनमा अनेक अन्यौलता हुन्छन्। धेरै प्रकारका सोच आउँछन्। त्यसमा नकारात्मक सोच पनि पर्छ। तर, तयारीका चरणमा जहिले पनि सकारात्मक सोच राख्नुपर्छ। अरु कसैको कुरामा ध्यान नदिई आफ्नो पढाइलाई निरन्तरता दिनुपर्छ। हामीले पनि युवाहरुले लोकसेवा तयार िगरुन भनेर पालिकामा लोकसेवा क्लाहरुको तयारी गरिरहेको छ । लोकसेवामा प्रतिस्पर्धा गर्नुपर्छ । र म पनि प्रतिस्पर्धा गर्न सक्छु भन्नेमा विश्वास गर्न सक्नुपर्छ ।
8. कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ जस्तो लाग्छ यहाँलाई ?
परिक्षार्थीमा निर्भर गर्ने कुरा हो। उनले कुन किसिमले अध्ययन गर्छ, कसरी अध्ययन गर्छ। यधवी आफुलाई मनपर्ने विषय र सहज लाग्ने विषयबाट सुरु गरेर जटिल विषयमा प्रवेश गनुपर्छ। अध्ययन तालिका बनाएर पढ्दा राम्रो हुन्छ। लोकसेवाको पढाईलाई जिस्काउनु भने हुँदैन। हातमा किताब भएको बेला ध्यान पनि किताबमा नै हुनुपर्छ। आफ्नो ध्यान भड्काउने कुरालाई छेउमा राख्नुहुँदैन। आफैमा अनुशासित हुनुपर्छ