पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज कुन प्रदेशमा वर्ला पानि ? - Chaitanya News
  • 2026-05-04
  • 02:22:15
  • आइतबार,बैशाख २०, २०८३
  • पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज कुन प्रदेशमा वर्ला पानि ?

    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज कुन प्रदेशमा वर्ला पानि ?

    काठमाडौँ– हाल देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।