काठमाडौँ– डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तथा पुनः गणना गर्न विज्ञ समिति गठन गरिएको छ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा। अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। समितिमा नेपाल विद्युत् प्राधिकरणका एक जना पूर्वकर्मचारी र एक जना चार्टर्ड एकाउन्टेन्ट समेत रहेका छन्।