इतिहास रच्‍ने महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले संयुक्त रुपमा १० लाख पुरस्कार दिने - Chaitanya News
  • 2026-06-06
  • 23:49:11
  • शनिबार,जेठ २३, २०८३
  • इतिहास रच्‍ने महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले संयुक्त रुपमा १० लाख पुरस्कार दिने

    इतिहास रच्‍ने महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले संयुक्त रुपमा १० लाख पुरस्कार दिने

    काठमाडौं– विश्वकपमा छनोट इतिहास रच्‍न सफल नेपाली यू–१९ महिला टोलीका सदस्यहरुलाई नेपाल प्रिमियर लिग (एनपीएल)का आठ फ्रेन्चाइजले संयुक्त रुपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन्।

    ऐतिहासिक उपलब्धीको सम्मान स्वरुप एनपीएलका सबै आठ फ्रेन्चाइज टोलीहरुले संयुक्त रुपमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

    यसअघि नेपाल क्रिकेट संघ क्यानले टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख ५० हजार दिने घोषणा गरेको थियो।

    त्यसैगरी मधेश प्रदेश सरकारले पनि विश्‍वकपमा छनोट हुन सफल राष्ट्रिय टोलीमा रहेका मधेश प्रदेशका खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने घोषणा गरिसकेको छ।

    नेपालले बुधबार भएको खेलमा यूएईलाई पराजित गर्दै आगामी वर्ष जनवरीमा हुने आईसीसी यू–१९ महिला टी–२० विश्‍वकपमा स्थान पक्का गरेको थियो।