काठमाडौं– आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले ८४ रनको लक्ष्य पाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो। यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन्। त्यस्तै रिनिथा रन्जितले २० रन बनाइन् भने ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए।
नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन्। उनले कप्तान धर्निधरका सहित खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन्। नेपालका रिया शर्मा र सीमा केसीले २–२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन्।
नेपाल विश्वकपमा छनोट हुन रनरेटमा पनि यूएईलाई पछाडि पार्ने गरी जित्न आवश्यक छ। यूएईले यसअघि भएको खेलमा नेपाललाई हराएको थियो। ५ खेलमा ५ नै जितसहित यूएई अंकतालिकाको शीर्ष स्थानमा छ। त्यस्तै चार जित र १ हार सहित नेपाल दोस्रोमा छ।