नेपालले दोस्रो खेलमा अस्ट्रेलियालाई ११ रनले हरायो - Chaitanya News
  • 2026-06-07
  • 01:03:58
  • शनिबार,जेठ २३, २०८३
  • नेपालले दोस्रो खेलमा अस्ट्रेलियालाई ११ रनले हरायो

    नेपालले दोस्रो खेलमा अस्ट्रेलियालाई ११ रनले हरायो

    काठमाडौँ– हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो ।

    अस्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ५५ रन बनाए । त्यस्तै एलेक्स रोसले १४ रन बनाए । नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए । २ ओभर बलिङ गरेका उनले मात्र २४ रन खर्चिए । त्यस्तै लोकेश बमले १ ओभरमा १३ रन खर्चिएर १ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १११ रन बनाएको थियो । नेपालका लागि शनिबार पनि कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे । उनले १६ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५१ रन बनाए । त्यस्तै लोकेश बमले ३३ रन बनाए । त्यस्तै विवेक यादवले १२ रन बनाउँदा रसिद खानले १२ रन बनाए । अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए ।

    यसअघि शुक्रबार नेपालले इंग्ल्यान्डलाई ६ विकेटले हराएको थियो । नेपाल पुल ‘बी’ बाट क्वार्टरफाइनल प्रवेश गरिसकेको छ । क्वार्टरफाइनलमा नेपालले श्रीलंकासँग आजै खेल्दैछ ।