पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना - Chaitanya News
  • 2026-07-17
  • 08:10:38
  • शुक्रबार,साउन ०१, २०८३
  • पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ– देशभर पश्चिमी वायुको साथै पहाडी भू–भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज राति कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।