आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना - Chaitanya News
  • 2026-07-17
  • 08:11:27
  • शुक्रबार,साउन ०१, २०८३
  • आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

    आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ– देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

    सोमबार कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।