काठमाडौँ– राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ। बैठक समिति सचिवालय सिंहदरवारमा अहिले केहिबेरमा बस्ने समितिले जनाएको छ।
बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।
आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मंसिर ७ गते) सम्म अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) आयोजना हुँदै छ।