दश प्रमुख प्रशासकीय अधिकृतसहित पन्ध्र उपसचिवहरूको सरुवा,को कहाँ ? - Chaitanya News
  • 2026-06-09
  • 19:35:22
  • मंगलबार,जेठ २६, २०८३
  • दश प्रमुख प्रशासकीय अधिकृतसहित पन्ध्र उपसचिवहरूको सरुवा,को कहाँ ?

    दश प्रमुख प्रशासकीय अधिकृतसहित पन्ध्र उपसचिवहरूको सरुवा,को कहाँ ?

    काठमाडौँ– दश प्रमुख प्रशासकीय अधिकृतसहित पन्ध्र उपसचिवहरूको सरुवा भएको छ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालय तथा जिल्ला समन्वय समितिमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो।

    हरिपुर नगरपालिका, खाँदवारी नगरपालिका, चौतारा नगरपालिका, राप्ती नगरपालिका, धरा उपमहानगरपालिका, गोरखा नगरपालिका, कालिका नगरपालिका, गल्कोट नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूलाई अन्यत्र नगरपालिका, जिल्ला समन्वय समिति तथा मन्त्रालयहरूमा सरुवा गरिएको छ।